प्रधानमन्त्री देउवाद्वारा खिम्ती पावर सब-स्टेसनकाे उद्घाटन

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले देशकै दोस्रो ठूलो खिम्ती पावर सब-स्टेसन उद्घाटन गरेका छन् । प्रधानमन्त्री देउवाले शनिबार रामेछापको मन्थली नगरपालिका-१३ स्थित देविटारमा निर्मित सब-स्टेसनको उद्घाटन गरेका हुन् ।

खिम्ती सब-स्टेसन २२०/१३२ केभी क्षमताको केन्द्रीय विद्युत् प्रणालीमा जोडिएको अहिलेसम्मको नेपालकै दोस्रो ठूलो सब-स्टेसन हो ।

स्वदेशी लगानीमा निर्माण गरिएको ४५६ मेगावाट मेवा क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको लट चार अन्तर्गतको २२० केभीको प्रसारण लाइन र २२०/१३२ केभीको सब-स्टेसन निर्माणको काम पूरा भएको हो ।