अप्ठेरोमा पर्दा बनेको सत्ता गठबन्ध कायम रहन्छ: गृहमन्त्री खाँण

0
Shares

बुटवल ।

गृहमन्त्री बालकृष्ण खाँणले मुलुक अप्ठेरोमा पर्दा बनेको सत्ता गठबन्धनलाई कायमै राखेर अगाडि बढ्ने बताउनु भयो । उहाँले सत्ता गठबन्धन कायम राख्न नेपाली काँग्रेस प्रतिबद्ध रहेको बताउनु भएको छ ।

बिहीबार नेपाली काँग्रेस प्रदेश सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर–३ ‘ख’ रुपन्देहीमा कार्यकर्ता भेटघाट कार्यक्रममा गृहमन्त्री खाँणले मुलुकमा अप्ठेरोमा पर्दा बनेको गठबन्धनलाई कायमै राखेर अगाडि बढ्न काँग्रेस प्रतिबद्ध रहेको स्पष्ट पार्नु भयो ।

अमेरिकी सरकारले एमसीसीका नाममा दिएको ६० अर्ब अनुदान जनताको पक्षमा रहेको खाँणले दाबी गर्नु भयो । उहाँले एमसीसी नेपालमा नदी नालाबाट उत्पादन हुने बिजुली जनताको घर घरसम्म पु-याउन आवश्यक गर्ने ट्रान्समिसन लाइन बनाउन स्वीकारेका  स्पष्ट पार्नु भयो ।
मुलुकको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको बेलामा त्यसको सामना गर्न एमसीसीले सहयोग पु-याउने गृहमन्त्री खाँणले औँल्याउनु भयो ।गृहमन्त्री खाँणले बिहीबार नै कपिलवस्तुको वाण गंगामा आयोजित  औद्योगिक तथा व्यापार मेलाको उद्घाटन गर्नु भएको छ ।