एकीकृत समाजवादीको होली (फोटो फिचर )


न्युज अफ नेपाल, काठमाडौं ।

फागु पूर्णिमाका दिन मनाइने रंगहरुको पर्व फागु पूर्णिमा अर्थात होली आज उपत्यका र पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ।

यसैक्रममा एकीकृत समाजवादीका नेता तथा कार्यकर्ताहरूले रंग साटासाट तथा अबिर दलेर होली मनाएका छन्। एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल स्वदेश तथा बिदेश हरेका सम्पुर्ण नेपालीहरुलाई फागु पूर्णिमाकाे शुभकामना दिएका छन् ।

काठमाडौंको बसन्तपुरमा होली विशेष समारोह आयोजना गरिएको छ। त्यसैगरी ललितपुरको पाटन दरबार स्क्वायरमा पनि रंग अबिर दलेर हर्षोल्लासका साथ होली मनाइएको छ। विभिन्न रंगहरुजस्तै जीवनमा खुसियाली छर्ने पर्वका रुपमा होली मनाइन्छ।