थप ८२ जनामा कोरोना संक्रमण पुष्टि


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १ सय ७५ जनाको कोरोना परीक्षण गर्दा ८२ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका सँगै नेपालमा कोरोनाका सक्रिय संक्रमित ४ हजार ५ सय ७४ जना रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा २१३ जना निको भएका छन् । यससँगै नेपालमा संक्रमण मुक्त हुनेको कूल संख्या ९ लाख ६१ हजार ५ सय ६१ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान गएको छैन । नेपालमा कोरोना संक्रमणका कारण अहिलेसम्म ११ हजार ९ सय ५० जनाले ज्यान गुमाइसकेका छन् । यस्तै, पछिल्लो २४ घण्टामा १ लखा ५ हजार ४२२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।