पोखरामा सूर्य दर्शन सेवा सञ्चालनमा, केबलकार चढ्नेकाे संख्या वृद्धि


कास्की ।

अन्नपूर्ण केबलकार पोखराले मंगलबारबाट सूर्य दर्शन सेवा सञ्चालनमा ल्याए पछि केबलकार चढेर सराङकोट पुग्नेहरूको सङ्ख्या बढेको छ ।

विगतका दिनहरूमा भन्दा मंगलबार केबलकार चढेर सराङकोट पुग्नेहरूको सङ्ख्या करिब पचास प्रतिशतले वृद्धि भएको कम्पनीका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए ।पर्यटकहरूको चाहना बमोजिम बिहान ५ बजेदेखि नै सूर्य दर्शन नराइज़ सेवालाई मध्यनजर गरी केबलकार सञ्चालनमा ल्याए पछि सूर्योदय अवलोकन गर्न सराङकोट पुग्नेहरूको संख्यामा वृद्धि भएको महाप्रबन्धक पौडेलले बताए ।

केबलकार चढेर सूर्योदयको अवलोकन गर्न सराङकोट पुगेकाहरुले  पनि केबलकारको नयाँ सेवा प्रति खुसी व्यक्त गरे ।
पोखराबाट सनराइज़ हेर्न सडक मार्ग उङ्दै सराडंकोट पुग्न समय र पैसा पनि धेरै खर्च हुने गरेकोमा समय र पैसाको बचत हुने उनीहरूको धारणा छ ।नेपाली काँग्रेसका युवा नेता गंगाधर पराजुलीले बिहान उठेर गाडी मोटरसाइकल लिएर सराडंकोट पुग्दा आधा घण्टा भन्दा बढी समय लाग्ने मात्र नभएर उकालो र साँघुरो सडक भएकोले कठिनाइ भोग्नुपरेकाहरुलाई केबलकारको सूर्य दर्शन सेवाले सहज बनाइदिएको प्रतिक्रिया दिए ।

पोखरामा वरिष्ठ पत्रकारको रूपमा समेत चिनिने पराजुलीले पोखराका स्थानीय सर्वसाधारणलाई दृष्टिगत गरि शुरुआतका दिनमा केबलकारको भाडामा केही छुट दिन सकेमा वा सराडंकोट पुगेका यात्रुलाई थप केही सुविधा दिन सकेमा यात्रुको सङ्ख्या अझै बढ्न सक्ने भन्दै सराडंकोटमा पुग्नेहरुले सनराइज़ र सनसेट हेर्न तथा हिम शृंखला र फेवाताल समेतको प्राकृतिक सुन्दरता हेर्नेका लागि व्यवस्थित पार्क वा अन्य स्थान बनाउनु पर्ने खाँचो औँल्याए पोखराको लेकसाईड नजिक सदीबेगरबाट जम्मा १० मिनेटको समयमा नै सराङकोट पुगेर सूर्योदयका साथ मनमोहक हिमशृङ्खला हेर्न पाएको भन्दै पोखराका रेडियोकर्मी तीर्थ केसीले पनि खुसी व्यक्त गरे ।

गत फागुन ६ गते सफ्ट ओपनिङ गरेर बिहान १० बजेदेखि साँझ  ५ बजेसम्म सेवा दिइरहेको केबलकारले मंगलवार अर्थात् चैत १ गतेबाट सूर्य दर्शन सेवा शुरू गरेको हो । नयाँ समय तालिका अनुसार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म केबलकारले यात्रुहरूलाई सेवा दिन थालेको छ ।

सुर्य दर्शन सेवा सञ्चालनको पहिलो दिन नै सूर्योदय हेर्न जाने आन्तरिक पर्यटकहरूको सङ्ख्या वृद्धि हुनुका साथै मौसम पनि सफा रहेकोले सराङकोट पुग्नेहरूमा प्रसन्नता छाएको अनुभूति राससका फोटो पत्रकार राधिका कँडेलले गरेकी थिइन । यति बेला केबलकार चढ्नेहरू आन्तरिक पर्यटकहरु नै धेरै रहेको र विदेशी पर्यटकको आगमन नेपालमा बढेपछि उनीहरूको समेत रहेका छन्  ।