भरुवा बन्दुकसहित २ जना पक्राउ


न्युज अफ नेपाल, सुनसरी ।

बराहक्षेत्र नगरपालिका-५ सिमरवनस्थित जनजागृति सामुदायिक वनको पोखरी नजिकबाट ३ थान भरुवा बन्दुकसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-५ सिमरवन बस्ने ३६ वर्षीय पवनलाल माझी र सोही नगरपालिका-३ देविथान बस्ने २७ वर्षीय मोहन श्रेष्ठ रहेका छन् ।

जनजागृति सामुदायिक वनको पोखरी नजिकै भरुवा बन्दुक लोड गरी घाममा सुकाई बसिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।