बनेपाको साँगामा बृहत् एकीकृत खानेपानीको शिलान्यास

0
Shares

काभ्रे । 

बनेपा नगरपालिका वडा नम्बर १३, १४ र बृहत् एकीकृत खानेपानीको शिलान्यास गरिएको छ । बनेपा नगरपालिका प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले उक्त बृहत् एकीकृत खानेपानीको शिलान्यास गर्नु भएको छ ।

 प्रमुख बादेले नगरमा विकास निमार्णका काम तीव्र गतिले अगाडी बढेको बताउनु भयो । नगरपालिकाको १ घर १ धारा पु-याउने लक्ष्य अनुसार उक्त खानेपानी निमार्ण सम्पन्न पशचात नगरका १३ र १४ वडाका सम्पूर्ण घर धुरीलाई खानेपानी पुग्ने बताउनु भयो ।

वडा नम्बर १ देखी ४ सम्मलाई आन्तरिक स्रोतको व्यवस्थापन गरिएको, ५,६,७,८ र ९ मा काभ्रे एकीकृत भ्यालीको खानेपानी मार्फत वितरण गरिने र १०, ११ मा डिपबोरिङ्ग मार्फत पानी वितरण गर्ने काम अन्तिम चरणमा पुगेको र वडा नम्बर १२ मा आन्तरिक श्रोत मार्फत वितरण गरी पुरै नगरबासीहरुलाई शुद्ध खानेपानी वितरण गर्न लागीएको प्रमुख वादेले बताउनु भयो । निर्वाचनमा गरिएका प्रतिबद्धताहरु पुरा हुँदै गएकाले आगामी निर्वाचनमा समेत एमालेको नेतृत्व आउने वादेले बताउनु भयो ।

उक्त बृहत् खानेपानीको लागी खानेपानी सेवा नियमन तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत कुल लागत रकम ८० प्रतिशत रकम नेपाल सरकार र २० प्रतिशत उपभोक्ता संस्थाले बेहोर्नु पर्ने गरी कुल रकम अक्षे रुपी ९ करोड ८४ लाख ६९ हजार ९ सय ८ को लागत इष्ट मेटमा आयोजना सम्पन्न हुने आयोजना प्रमुख राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । आयोजनाबाट बनेपा नगरपालिकाको वडा नम्बर १३, १४ का ८ सय ७८ घरधुरीको जम्मा ५ हजार २ सय १२ जना लाभान्वित हुने वडा नम्बर १४ का अध्यक्ष गौरी राउतले बताउनु भयो ।

आयोजना अन्तर्गत इन्टेक ६ वटा, सेडिमेन्टेसन टैङ्क २ वटा, स्लो स्यान्ड फिल्टर, पानी ट्याङ्की विभिन्न साईजका १० वटा, पम्पहाउस २ वटा, कलेक्सन ६ वटा पम्पीङ्ग स्टेज १ स्टेज, ट्रान्समिसन पम्पिङ्ग मेन १.१६ किमी, ट्रान्समिसन मेन १०.०१ किमी, वितरण पाईपलाई १६.९८ किमी र जम्मा पाइप लाइन २८.१५ किमी रहेको जनाएको छ । कार्यक्रममा उपप्रमुख रेखा सापकोटा दाहालले निर्वाचनमा गरिएका प्रतिबद्धता अनुसार नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री गोकुल बास कोटाको पहलमा संघीय सरकार मार्फात र नगरपालिकाको समन्वयमा उक्त आयोजना शुरु गरीएको बताउनु भयो ।

एक घर एक धारा अन्तर्गत स्थानीय उपभोक्ताहरुलाई उक्त खानेपानी आयोजनाले सहज गर्ने बताउनु भयो । निर्वाचनमा गरेका प्रतिबद्धता अनुसार खानेपानी, पक्की सडक, विद्यालय, स्वास्थ्य चौकीका भवन, वडा कार्यालयका भवन, विभिन्न तालिम प्रदान गरी आत्मनिर्भर बनाईएको बताउनु भयो । सापकोटाले आयोजनाको काम गुणस्तरीयता गरी समयमा नै सम्पन्न गराउनु पर्ने बताउनु भयो । शिलान्यास कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत कबिराज उप्रेती, वडा नम्बर १३ का वडा अध्यक्ष सुर्यनारायण नापीत, १४ का वडा अध्यक्ष गौरी राउत,  उपभोक्ता समितीका पदाधिकारी, स्थानीयको सहभागिता रहेको थियो ।