प्रधानमन्त्री देउवा र गृहमन्त्री खाँणसँग प्रकाण्डकाे भेटवार्ता

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग विश्वकर्मा ‘प्रकाण्ड’ ले आज प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणसँग भेटवार्ता गरेका छन् ।

पूर्ववर्ती सरकारसँग भएको सम्झौता कार्यान्वयनको विषय लिएर प्रकाण्डले प्रधानमन्त्री र गृहमन्त्रीसँग भेट गरेका हुन् ।

तत्कालीन नेकपा नेतृत्वको सरकारको पालामा भएको तीन बुँदे सहमति कार्यान्वयनको माग गर्दै प्रवक्ता प्रकाण्ड आज (बुधबार) बिहान प्रधानमन्त्री र गृहमन्त्रीलाई भेट्न पुगेका हुन् । प्रकाण्डले प्रधानमन्त्री र गृहमन्त्रीसँग बालुवाटारमा भएको भेटको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका छन् ।