एमसीसी बारेको ‘भ्रम चिर्न’ कांग्रेसले तयार पार्‍यो पुस्तक



काठमाडौं ।

सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले एमसीसी सम्झौताबारे प्रष्ट पार्न पुस्तिका प्रकाशन गरेको छ । नेपाली कांग्रेस केन्द्रीय कार्यालयले ‘एमसीसी अनुदान सहायता सम्झौता भ्रम र यथार्थ’ शीर्षकको पुस्तकनै प्रकाशन गरेर यसबारेको ‘भ्रम चिर्न’ लागेको हो ।

अमेरिकी अनुदान सहयोग सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पारित भएसँगै कांग्रेसले यसबारेको भ्रम चिर्न पुस्तक प्रकाशन गरेर कार्यकर्तालाई दिन लागेको हो ।

एमसीसीविरुद्ध नागरिकहरुमा नकारात्मक धारणाको विकास गरिएको भन्दै त्यस्तो भ्रम चिर्नु पर्ने कांग्रेसले बताएको छ । एमसीसी विशुद्ध अनुदान सम्झौता भएको र यसले देशको विकासमा टेवा पुग्ने कांग्रेसले बताउँदै आएको छ । कांग्रेसले आफ्नो दस्तावेजमा ३० वटा भ्रम र त्यसबारेको यथार्थ समेटेको छ ।

केन्द्रीय कार्यालयले दस्तावेज छपाई गरी ७७ वटै जिल्लामा खटिएका केन्द्रीय नेताहरूमार्फत् वडा–वडासम्म पुर्‍याउने र त्यसबारे फैलाइएका भ्रम चिर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्