ओलीले राजावादीसँग गठबन्धन गरेनन् भने कान काटेर फाल्दिन्छु : मन्त्री खतिवडा 



गोरखा ।

नेकपा (एकीकृत समाजवादी) का नेता एवं स्वास्थ्य मन्त्री बिरोध खतिवडाले एमालेले राप्रपासँग चुनावी गठबन्धन गर्न गृहकार्य गरिरहेको बताएका छन् । ‘कम्युनिस्ट भएर पनि कांग्रेससँग गठबन्धन गर्‍यो भनेर माधव नेपाल र प्रचण्डलाई विभिन्न टिप्पणी आइरहेको छ ।’, मंगलबार गोरखामा पत्रकारहरूसँग कुराकानी गर्दै नेता खतिवडाले भने, – ‘केपी ओली नागार्जुन (पूर्व राजा) र राप्रपासँग गठबन्धनका लागि धाइरहेका छन् । आगामी चुनावमा ओलीले पनि राजावादीसँग गठबन्धन गर्दैछन्, गरेनन् भने म दुइटै त भन्दिनँ मेरो एउटा कान चाहिँ काटेर फाल्दिन्छु ।’

बाम दलहरुविच गठबन्धन हुन सक्ने भन्दै उनले एमालेसँग भने एकीकृत समाजवादी मात्र नभई अहिलेको ५ दलीय गठबन्धनका कुनै पनि दलले सहकार्य नगर्ने दाबी गरे । ‘सक्दाखेरि गठबन्धन गरेको राम्रो, तर सबै स्थानीय तहमा सकिन्न । उप महानगर र महानगरमा भने गठबन्धन गरेर जाँदा सहज हुन सक्छ’, उनले भने ।

कांग्रेससँग चुनावी गठबन्धन नभएमा जनमोर्चा, माओवादी, नेकपा एकीकृत समाजवादी लगायतका दलहरूबिच वाम गठबन्धन हुन सक्ने उनले बताए ।

न्युज कारखाना

प्रतिक्रिया दिनुहोस्