प्रधानमन्त्री देउवासँग साउदी राजकुमारको भेटवार्ता

0
Shares

काठमाडौं ।

नेपाल भ्रमणमा आएका साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल साउदले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

सोमबार श्रीलंकाबाट नेपाल आइपुगेका साउदी राजकुमार फैसल प्रधानमन्त्री देउवाबीच मंगलबार बालुवाटारमा शिष्टाचार भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

भेटवार्तामा आपसी सहकार्य र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको मन्त्रालयले जनाएको छ ।