थपिए ५८ जना कोरोना संक्रमित


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा ५८ जना कोरोना भाइरस संक्रमित थपिएको छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ५० जना र एन्टिजेन परीक्षणबाट ८ जना संक्रमित थपिएका छन् । पीसीआर ३ हजार ५३९ र १ हजार ८७९ एन्टिजेन गरी ५ हजार ४१८ कोराना परीक्षण भएको हो ।

पछिल्लो २४ घण्टामा १४८ जना कोरोनामुक्त भएका छन्  भने मृत्यु हुनेको संख्या शून्य रहेको छ। हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८१९ रहेको छ।