जसपा बैठक जारी :अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्ताव पारित गर्ने तयारी

0
Shares

न्युज अफ नेपाल काठमाडौं ।

जनता समाजवादी पार्टी जसपाको केन्द्रीय समिति बैठक सुरु भएको छ । कालिकास्थानस्थित अमृतभोग पार्टी प्यालेसमा सुरु भएको बैठकमा विधान अधिवेशनसम्बन्धी प्रस्ताव र संगठनात्मक प्रस्तावमाथि छलफल हुने नेता मनिष सुमनले जानकारी दिए ।

छलफलप्रश्चात सहमति भए सोमबारकै बैठकमा दुवै प्रस्ताव पारित गर्ने जसपाले जनाएको छ । यसअघि आइतबारको बैठकमा स्थानीय तह निर्वाचन निर्देशिका र समसामयिक राजनीतिक प्रस्ताव पारित भएको छ । सोमबारदेखि केन्द्रीय समिति बैठक सुरु भएको हो ।