रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्‍न

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

सुनसरीस्थित श्री दुर्गादल गुल्ममा नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आयोजना गरेको ६ दिने रक्षा संवाददाता अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा रक्षा संवाददाताहरुलाई नेपाली सेनाको साङ्गठनिक स्वरुप, भूमिका तथा नेपाली सेना अन्तर्गतका विभिन्न निकायहरुको काम, कर्तव्य र जिम्मेवारीहरुको बारेमा प्रस्तुतिकरण तथा अन्तरक्रियासहितको जानकारीमूलक कार्यक्रम सञ्चालन गरिएको थियो ।

सुनसरीस्थित कोशीटप्पु वन्यजन्तु आरक्ष, धनकुटास्थित निशान भगवती मन्दिर र साँघुरी गढी, धरानस्थित सैनिक आवसिय महाविद्यालय, ईटहरीस्थित सैनिक अस्पताल, मोरङस्थित राष्ट्रिय सेवा दलको तालिम केन्द्रको स्थलगत भ्रमण समेत गराइएको थियो ।

जनसम्पर्क तथा सूचना निर्देशनालयका निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी नारायण सिल्वालले समापन गरेकाे कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरुको सहभागी  थिए ।यस प्रकारको कार्यक्रमले रक्षा संवाददाताहरुलाई नेपाली सेना सम्बन्धी समाचार संकलन तथा सम्प्रेषणमा थप सहज तथा स्पष्टता हुने विश्वास नेपाली सेनाले लिएको छ ।