आज सुनको मूल्य घट्यो : ताेलाकाे कति पुग्याे ?


न्युज अफ नेपाल, काठमाडौं ।

सुनको मूल्य सोमबार तोलामा पाँच सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि,आइतबार सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको मूल्य तोलाको एक लाख एक हजार आठ सय रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । आइतबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार एक हजार ४१५ रुपैयाँमा निर्धारण भएको छ ।