सुनचाँदी व्यवसायी संघको साधारणसभा सम्पन्न



काठमाडौं (नेस) ।

सुनचाँदी व्यवसायी संघ काठमाडौंको १९ औं साधारणसभा सम्पन्न भएको छ । संघका अध्यक्ष शुरेसमान शाक्यको सभापतित्वमा साधारणसभा सम्पन्न भएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो । त्यसक्रममा मन्त्री श्रेष्ठले व्यवसायीका माग सम्बोधन गर्न आफू तयार रहेको बताउनुभयो ।

सुनचाँदी व्यवसायीलाई व्यवसाय सञ्चालनका लागि प्रष्ट कानूनको अभाव रहेको देखिएकोले त्यसको व्यवस्थाका लागि पनि आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । सुनचाँदीका नेपाली मौलिक गरगहना निर्यातको प्रचुर सम्भावना रहेर पनि त्यसअनुसार गरगहनजा निर्यात भएको नपाइएकोले यसतर्फ लाग्न उहाँले व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्