१८० किलो गाँजासहित ३ जना नियन्त्रणमा

0
Shares

हेटौंडा ।

इलाका प्रहरी कार्यालय मनहरीले १ सय ८० किलो गाँजासहित ३ जनालाई नियन्त्रणमा लिएको छ । लागुऔषध गा“जा र पिकअपसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरी निरीक्षक प्रकाश थापाको कमाण्डमा खटिएको प्रहरीले मकवानपुरको मनहरी गापा वडा–७ स्थित सडकखण्ड चैनपुरबाट हेटौंडातर्फ आउँदै गरेको बा. ७ च १६०६ नम्बर पिकअपलाई चेक गर्ने क्रममा उनीहरु पक्राउ परेका हुन् ।

पिकअप चालक हेटाैंडा–१६ बस्ने वर्ष २९ का बुद्धिमान वाइबा, पिकअपमा सवार वर्ष २९ का अर्जुन स्यांतान र वर्ष ३० का बिनोद पाख्रिनले लुकाइल्याएको लागुऔषध गाँजा १ सय ८० किलो फेला परेको हुँदा गाँजा र पिकअपसहित उनीहरूलाई आइतबार बिहान करिब ५ः३० बजे नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।