स्रोत नखुलेको रकमसहित भारतीय पक्राउ



रौतहट ।

सशस्त्र प्रहरीले स्रोत नखुलेको १८ लाख ७३ हजार नेपाली रुपियाँसहित एक भारतलाई पक्राउ गरेको छ । भारतको पूर्सी चम्पारण महंगुआ गुरहनवा ग्रामपञ्चात–२ निवासी ४५ वर्षीय दीपनारायण प्रसादलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

भारतबाट नेपाल आउँदै गरेको अवस्थामा स्रोत नखुलेको उक्त रकमसहित सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटरका प्रहरी निरीक्षक पंकजकुमार सिंहको नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको थियो । बौद्धिमाई नगरपालिका–९ सरमुजवामा नेपाल आउँदै गरेको बीआर०५वाई २९७९ नम्बरको मोटरसाइकल चेक जाँच गर्ने क्रममा सो रकम भेटिएको हो ।

मोटरसाइकलको विभिन्न भागमा १ हजारको १० लाख ८० हजार, ५ सयको ७ लाख ७३ हजार र १ सयको २० हजार रुपियाँ गरी १८ लाख ७३ हजार रुपियासहित प्रसादलाई पक्राउ गरिको सशस्त्र प्रहरी उपरीक्षक ध्रुव कार्कीले बताउनुभयो । यस विषयमा थप अनुसन्धान भइरहेको पनि उहाँले जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्