प्रेस चाैतारीकाे अध्यक्षमा पुनः बस्नेत



पोखरा ।

नेकपा (एमाले) निकट पत्रकारको संगठन प्रेस चौतारी नेपालकाे अध्यक्षमा गणेश बस्नेत पुनः चयन भएका छन् । बस्नेत यसअघि पनि संगठनको अध्यक्ष थिए । उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई र महिला उपाध्यक्षमा देविका घर्ती चयन भएका छन् । कमिटीको महासचिव हिरामान लामा बनेका छन् । उपमहासचिव राजु सुवेदी र शुरोजजंग पाण्डे छानिएका छन् ।

नयाँ विधानले सचिव प्रदेशबाट छानिने व्यवस्था छ । प्रदेश १ को सचिवमा विक्रम लुईंटेल, मधेश प्रदेशमा कमल उपाध्याय, बागमतीबाट विष्णु तारुके, गण्डकीबाट सुष्मा पौडेल, लुम्बिनीबाट प्रदीप आचार्य, कर्णालीबाट विष्णु शर्मा र सुदुरपश्चिम प्रदेशबाट लोकसरी कुँवर सचिव बने ।

प्रतिष्ठान सचिवमा हरिबल्लभ नेपाल तथा कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन् । अध्यक्षमा चार जनाको दावी थियो । माधव नेपाल, गणेश पाण्डे र टिका विष्ट सहित बस्नेतले दावी गरेका थिए । पाण्डे उपाध्यक्षमा बस्न राजी भए भने नेपाल र विष्ट अध्यक्षकै दौडबाट बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्