जसपाको संघीय परिषद्को बैठक बस्दै, बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्ने

0
Shares

न्युज अफ नेपाल, काठमाडौं । 

जनता समाजवादी पार्टी, नेपालको संघीय परिषद्को बैठक शनिबार काठमाडौंमा बस्दैछ  ।

बैठक दिउँसो थापागाउँस्थित बानेश्वर ब्याङ्केटमा बस्ने बैठकमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको जसपा नेपालले जनाएको छ।

केन्द्रीय समितिको बैठकमा संघीय परिषद्ले पारित गरेको राजनीतिक प्रतिवेदनमा छलफल हुनुका साथै स्थानीय निर्वाचन, विधान सम्मेलनलगायत विभिन्न समसामयिक राजनीतिक घटनाक्रममाथि छलफल हुनेछ। संघीय परिषद् बैठकपछि फागुन २९ र ३० गते केन्द्रीय समितिको बैठक बस्ने जसपा नेपालले जनाएको छ।