संखुवासभा बस दुर्घटना : मृतक परिवारलाई प्रदेश सरकारले १ लाख राहत दिने



न्युज अफ नेपाल, विराटनगर ।

संखुवासभाको मादी नगरपालिकामा बस दुर्घटनामा परी मृत्यु भएका व्यक्तिका परिवारलाई प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले दुर्घटनामा मृत्यु भएका यात्रुका परिवारलाई एक लाख रुयैयाँ उपलब्ध गराइने बताए।

उक्त  घाइते यात्रुको उपचार खर्च पनि प्रदेश सरकारले नै व्यहोर्ने भएको छ।  मादीबाट झापाको दमक आउँदै गरेको बा.४ ख ७३५ नम्बरको यात्रुवाहक बस सातघुम्ती मोडमा दुर्घटना हुँदा १५ जनाको निधन भएको थियो।

प्रतिक्रिया दिनुहोस्