संस्कृत विश्वविद्यालय नवीन शैली र सोचका साथ अघि बढ्नुपर्छ: शिक्षामन्त्री 

0
Shares

काठमाडाै‌ं । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले संस्कृत विश्वविद्यालयले नवीन शैली र सोचका कार्यक्रम अघि बढाउनुपर्ने बताउनुभएको छ ।

नेपाल संस्कृत विश्वविद्यालयको ७४औँ सभालाई सम्बोधन गर्दै उहाँले विकसित भइरहेका सूचना प्रविधिका नवीन उपलब्धिलाई आत्मसाथ गर्दै र आफ्नो हितमा तीनको सार्थक उपयोग गर्दै अगाडी बढ्नुपर्ने बताउनुभएको हो । शिक्षा क्षेत्रलाई कोरोनाले महत्पूर्ण पाठ सिकाएको छ’ मन्त्री पौडेलले भन्नुभयो, ‘यो महाव्याधिबाट हामीलाई शिक्षाको परम्परागत शैली र संरचनालाई पुनसंरचित गर्नुपर्ने साथै अध्ययन अध्यापनका नवीन विकल्पहरु खोज्दै जानुपर्ने आवश्यकता बोध भएको छ ।’

मौलिक स्वास्थ्य पद्धतिका रूपमा रहेका आयुर्वेद, योग विज्ञान र प्राकृतिक चिकित्साका साथै जनजातीय समुदायमा पाइने शारीरिक एवम् मानसिक  स्वास्थ्यसँग सम्बन्धित तर लुप्त हुन लागेका अनेकौँ अन्तज्र्ञानहरुको खोज, अनुसन्धान र संरक्षणका लागि विश्वविद्यालय क्रियाशील रहनुपर्ने बताउनुभयो । २०२४ मा अन्तर्राष्ट्रिय संस्कृत सम्मेलन आयोजन गर्ने संस्कृत विश्वविद्यालयको प्रयास सराहनीय रहेको भन्दै मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।

शिक्षा जति गुणस्तरीय, प्रयोगमुखी, वैज्ञानिक र उन्नत हुन्छ, देशको स्तर र समाजको चिन्तन पनि त्यत्तिकै उच्च हुन्छ,’मन्त्री पौडेलले भन्नुभयो, शिक्षाले व्यक्तको सर्वतोमुखी विकास गरी क्षमतायुक्त, प्रतिस्पर्धी, स्वावलम्बी र उत्पादनमूलक जनशक्ति तयार गर्दछ ।