उधोगपति केडियाको निधन


काठमाडौं ।

वीरगन्जका चर्चित उद्योगी हिरालाल केडियाको निधन भएको छ । वीरगन्जका चर्चित उद्योगीको रूपमा हिरालाल केडिया चिनिएका थिए ।केडिया अर्गनाइजेसनका वरिष्ठ व्यक्तित्वका रूपमा चिनिएका सक्रिय समाजसेवी केडियाको ८६ वर्षको हुनुहुन्थ्यो ।

हिरालाल केडियाको संरक्षणमा केडिया डेन्टल, केडिया आँखा अस्पताललगायत विभिन्न सामाजिक संघ संस्थाहरूले सेवा दिँदै आइरहेको छ । उहाँ मारवाडी सेवा ट्रस्टका अध्यक्षसमेत हुनुहुन्थ्यो ।देशकै प्रतिष्ठित औधोगिक घराना केडिया अर्गनाइजेसनका अध्यक्ष हिरा लाल केडिया मंगलबार ह्याम्स अस्पतालमा निधन भएकोे हो । केडियाको अन्तिम संस्कार सर्लाहीको वागमती नदी किनारामा गरिएको छ ।

अन्तिम संस्कारमा स्व. केडियाप्रति मधेशप्रदेशका मुख्यमन्त्रीलगायत विशिष्ट उद्योगी व्यवसायी एवं जनता उपस्थित भई श्रद्धाञ्जली दिएका थिए । स्व. हिरालाल केडिया नारायणी उपक्षेत्रीय अस्पतालको अध्यक्ष भई दुई कार्यकाल काम गर्नुभएको थियो सोही समयमा उक्त अस्पतालले काँचुली फेरेको थियो ।

अत्यन्त मिलनसार, निष्ठावान केडिया, केडिया अस्पताल वीरगन्जको पनि अध्यक्ष हुनुहुन्थ्यो । उहाँका चार छोराहरू रमेश, सुरेश, राजेश, बिमल र श्रीमती पर्मेश्वोरी देवी केडिया हुनुहुन्छ ।