३ हजार ५०० रुपैयाँले घट्यो सुनको मूल्य


न्युज अफ नेपाल, काठमाडौं ।

सुनको मूल्य बिहीबार तोलामा तीन हजार ५०० रुपैयाँको दरले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य  तोलाको एक लाख दुई हजार रुपैयाँ कायम भएको छ ।

यसअघि, बुधबार छापावाल सुन तोलाको एक लाख पाँच हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, बिहीबार तेजावी सुनको मूल्य  तोलाको एक लाख एक हजार ५०० रुपैयाँ निर्धारण भएको छ ।

चाँदीको मूल्यमा पनि प्रतितोलमा ४५ रुपैयाँको दरले घटेको छ । बुधबार एक हजार ४५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार एक हजार ४०५ रुपैयाँमा निर्धारण भएको छ ।