जहाँ नारी पुजिन्छ,त्यहाँ देवता रम्दछन् :मन्त्री भुषाल

0
Shares

काठमाडौं  । 

“समाजिक न्याय र लैङ्गिक समानता दिगो विकासको सुनिश्चित “ भन्ने नाराका साथ विश्व व्यापी रूपमा ११२ औ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको उपलक्ष्यमा ललितपुर महानगरपालिकामा पनि विभिन्न संघसंस्थाहरुको संयुक्त आयोजनामा विशेष कार्यक्रम सम्पन्न भयो ।

ललितपुरको वडा न १३ का ११ वटा महिला समुहरुको युक्त आयोजनामा अन्तर्राष्ट्रिय महिला श्रमिक दिवस प्रमुख अतिथि उर्जा तथा जलश्रोत मन्त्री पम्फा भुषालबाट समुद्घाटन भएको थियो । कार्यक्रममा उपस्थित वडा प्रतिनिधि ,ललितपुर महानगरपालिका महिला विकास महाशाखाका प्रमुख महेश्वरी विष्टबाट महिला सशक्तीकरण र सवलिकर बारे जानकारी दिनु भएको थियो । कार्यक्रममा बोल्दै मन्त्री भुषालले जहाँ नारी पुजिन्छ,त्यहाँ देवता रम्दछन् तर नारी पुजिने देशमा नारिको अस्मिता दिन दहाडै लुटिइरहेको छ यसका लागि राष्ट्रपति पनि महिला भएको अवस्थामा कडा कानुनी व्यवस्थाका लागि महिलाहरूले दबाब सृजना गर्नुपर्ने बताउनुभयो ।

उहाँले महिला दिवसलाई यति भव्य र सभ्य बनाउन लागि पर्ने १३ वडाका सबै महिला समूहको सिफारिसमा इन्डक्सन चुलो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा सहभागी महिला समूहहरूमा असल छिमेकी महिला समुह  नारी जागृति महिला समूह ,वासुकि नाग महिला समुह  कुसुन्ति महिला उपकार समुह,दिव्य नगर महिला समूह ,हाम्रो कुसुन्ति महिला समुह,सुगम टोल महिला समुह,पन्चेश्वर जागरण महिला समूह, विशेस्वर महिला समूह लगायत स्थानीय निकायको समेतको सहभागिता रहेको थियो ।

कार्यक्रममा सबै महिला समूहका प्रतिनिधिहरूले महिलाहरू अब चुला चौकामा मात्र होइन सत्ता शासनमा जानु पर्छ भन्ने भनाइमा जोड दिनुभएको थियो । जुन देशमा नारीको सम्मान हुँदैन त्यो देशमा विकास सम्भव छैन । जुन घरमा नारीको सम्मान हुन्छ त्यो घर परिवारमा सधैँ खुसीयाली आउँछ त्यसैले नारी पुरुष बराबरी भन्दै विशेस्वर महिला समूहकी अध्यक्ष इन्दिरा काफ्ले आफ्नो भनाई राख्नुभएको थियो ।

कार्यक्रममा करिब २ सय ५० जना महिला दिदी बहिनीहरूले मन्त्री भूसाललाई प्रमुख अतिथि बनाएर महिलाका समस्या देशकै समस्या हो र यसको समाधानका लागि कुर्सी सम्हालेका मन्त्रीहरुले बुझेर समय सापेक्ष निर्णय गर्नुस् हामी देश विकासका लागि गरिने काममा साथ दिन तयार छौ भन्दै आफ्ना बुलन्द आवाज सुनाएका थिए । सहभागीहरूले वर्षमा एक दिन महिला दिवस भनेर राज्यले आँखामा छारो हाल्ने काम गरी सार्वजनिक बिदा दिने मात्र नभै महिलाहरूका लागि हरेक पाइलामा साथ र सहयोग पुग्ने कानुनको खाँचो छ भनेका थिए ।