गम्भीर प्रकृतिको अपराधमा संलग्न रहेको अभियोगमा पक्राउ


कृष्णउदास खनाल, वीरगन्ज ।

ज्यान मार्ने उद्योग, शरीर बन्धक तथा सामूहिक जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी मध्ये एक पुरुष र महिला गरी दुईजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई पर्साको धोविनी गाउँपालिकाबाट पक्राउ गरिएको पर्सा प्रहरीले जनाएको छ । उनीहरुले गत फागुन ९ गते पर्साकी ४६ वर्षीय एक महिलालाई यातना दिइ हिंस्रक घटना घटाएका थिए। पीडितका श्रीमान्, कान्छी श्रीमती र बाहिरका अन्य ३ जना व्यक्तिले पीडितलाई उनकै घरमा बन्धक बनाई गुप्ताङ्गमा लाठी पसाई ज्यान मार्ने उद्योग, शरीर बन्धक र सामूहिक जबरजस्ती करणी जस्तो गम्भीर हिंस्रक घटना घटाएको प्रहरीको अनुसन्धानबाट खुलेको थियो।

सो घटनाका फरार प्रतिवादी मध्ये पर्साको धोबिनी गाउँपालिका वडा नम्बर ५ का महादेश भन्ने शेराजुल मियाँ र जोहोरा खातुनलाई पक्राउ गरिएको पर्सा प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले बताएउनुभयो । उनीहरुलाई इलाका प्रहरी कार्यालय पोखरिया पर्सामा राखी शरीर बन्धक, ज्यान मार्ने उद्योग तथा सामूहिक जबरजस्ती करणी मुद्दा अन्तर्गत कार्वाही प्रकृया अगाडी बढाइएको प्रहरीले जनाएको छ।घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको उहाँले बताउनुभयो ।