एमसीसी घोषणापत्र प्रचण्ड र माधव कार्यकर्तासामू ‘लाज छोप्ने टालो’ मात्र हो : शंकर पोखरेल

0
Shares

काठमाडौं ।

एमाले महासचिव शंकर पोखरेलले आफ्नो पार्टीमाथि चौतर्फी आक्रमण भइरहेको बताएका छन् । नेपाल राष्ट्रिय उद्योग व्यवसायी महासंघको बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमालेमाथि आक्रमण भइरहेको बताएका हुन् ।

एमाले अध्यक्ष केपी ओलीको लोकप्रियता देखेर ओलीका समकक्षी नेताहरू पूर्वाग्राही भएर प्रस्तुत भएको आरोप लगाएका उनले प्रतिनिधिसभा विघटनको औचित्य पुष्टि हुँदै गएको बताए ।

अध्यक्ष ओली प्रधानमन्त्री हुँदा सरकारलाई काम गर्न नदिने, लफडा गरिरहने ।  संसद विघटन गरेर चुनाव जान खोज्दा प्रतिगमन भनियो,’ महासचिव पोखरेलले भने, ‘अहिले प्रचण्ड र माधवकुमार नेपाल संसद विघटन गरेर चुनावमा जाने कुरा गर्न थालेका छन् । यसले हिजो एमालेले चालेको कदमको औचित्य पुष्टि हुँदै गएको छ ।’ एमसीसी पास गर्न गरियो घोषणापत्रको कुनै औचित्य नरहेको भन्दै उनले भने, ‘घोषणापत्र प्रचण्ड र माधवकुमारको कार्यकर्तासामू ‘लाज छोप्ने टालो’ मात्र हो ।