प्रधानसेनापति र नेपालका लागि बंगलादेशका राजदूतबीच भेटवार्ता

0
Shares

काठमाडौं ।

प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि बंगलादेशका राजदूत सलाउदद्धिन नोमन चौधरीबीच बुधबार भेटवार्ता भएको छ ।

जङ्गी अड्डामा भएको शिष्टाचार भेटघाट दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । यस किसिमको भेटघाटले दुई देशबीचको आपसी सम्बन्ध सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास सेनाले लिएको छ ।