कुखुरा पालनबाट मनग्य आम्दानी

0
Shares

बझाङ । 

कुखुरा पालन बाट मनग्ये आम्दानी गर्दै आएका छन् । बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर १० बस्ने वर्ष ३० का रोशन बि. क अहिले युवाहरूका प्रेरणाका स्रोत बन्दै गएका छन् । आफ्नै ठाउँमा केही न केही गर्नु पर्छ र समाजका अन्य मानिसहरुले पनि केही व्यवसाय गरेर आत्मनिर्भर बन्न सिकोस् भने हेतुले व्यवसाय सुरु गरेको बताए ।

 बझाङको सदरमुखकाम चैनपुर बस्ने रोशन बि.क विगत ५ वर्षदेखि कुखुराको पोल्टी फर्म बनाएर व्यवसाय गर्दै आएका छन् । खुला मञ्च नजिकै रहेको चैनपुर र देवल जोड्ने झोलुगें पुलमुनि आफ्नै  खेतामा पोल्टी फर्म खोलेका छन् । उनले पहिलो  पटक तराईबाट कुखुराका चल्लाहरु ल्याई  व्यावसाय सुरु गरेको बताए ।

अहिले पोल्टी फर्ममा लोकल कुखुरा , गिरीराज, टर्की , लौकाट लगायतका अन्य जातीका कुखुरा र पन्छी पाल्दै आएका छन् । बि.कले बोइलर बाहेक अन्य जातीका कुखुराहरू उत्पादन तथा बिक्री वितरण गरी मनग्ये आम्दानी गदै आएका छन् । २-३ लाखको लगानीमा सुरु गरेको  व्यवसाय अहिले २५ लाख सम्म पुगेको छ । कुखुरा पालन सम्बन्धी कुनै किसिमको तालिम नलिई काम गर्दा गदै अनुभव बटुल्दै जाँदा यहाँसम्म सफल व्यवसायीको रूपमा रहेका छन् ।

रोजगारीको सिलसिलामा उनी पहिलो पटक मलेसिया गएका थिए । विदेशमा गरेको दुःख स्वदेशमै गरे स्वरोजगार हुन सकिने महसुस भएको बताउँदै । विदेशबाट फर्किए लगत्तै यो व्यवसाय सुरु गरेको बि.कले बताए । आँखामा आँसु झार्दै भने विदेश गएर जंगलमा काम गर्नु पर्ने बाध्यता थियो । अहिले उनी आफ्नै परिवारसँगै रमाउँदै व्यवसाय गरिरहेका छन् ।

सुरुमा आफू मात्रै स्वरोजगार भएको अहिले उनीसँगै ३ जनालाई समेत रोजगार दिँदै आएका छन् । पहिले ११ जनाको परिवार पाल्न धौधौ हुने ठाउँमा अहिले निकै सहज भई अन्य नयाँ काम पनि सुरु गर्न लागेको बताए । राज्यले कृर्षिमा आत्मनिर्भरता बनाउनको लागि विभिन्न संघ संस्थाहरु र स्थानीय सरकाले सहयोग गदै आएको छ ।

तर बझाङमा भने राजनीतिक पहुँचका आधारमा आफू निकट कार्यकर्ताहरूलाई अनुदानमा दिइने रकम हावामा उडाएका छन् । समाजमा रहेका जो यर्थाथ कृषकहरू छन् उनीहरूका पिडा यथावत नै छन् । विदेशमा मासिक २० देखी ३० हजार सम्म तलब पाउने बि.क आफ्नै घरमा गरेको व्यवसायबाट मासिक ४५ हजार भन्दा बढी पैसा कमाउँछन् ।