अमेरिकामा लोकप्रिय ‘मिस्टर पिकल’मा जोडिए नेपाली व्यवसायी, मेयर श्रोडरद्वारा उद्घाटन


न्युज अफ नेपाल, काठमाडौं ।

क्यालिफोर्नियाको मार्टिनेजमा संचालनमा आएको मिस्टर पिकलको मार्टिनेजका मेयर रब श्रोडरद्धारा औपचारिक रुपमा उद्घाटन भएको छ ।

अमेरिकामा फ्रेन्चाइज स्याण्डवीच फाष्टफूडमा लोकप्रिय बन्दै गएको मिस्टर पिकलमा नेपाली व्यावसायीहरु संलग्न भएका छन् । स्यानफ्रयान्सिस्को वे एरियमा लामो समयदेखि रेष्टुरेण्ट व्यावसायमा संलग्न अनिल पाण्डे र आइईटी व्यायसायी प्रशान्त मानन्धरले  लगानी गरेका हुन्  ।

मार्टिनेज चेम्वर अफ कमर्शको आयोजनामा भएको मिट एण्ड ग्रीट कार्यक्रममा मेयर श्रोडरले मार्टिनेजमा मिस्टर पिकल स्याण्डबीच लोकप्रिय रहेको बताए । उनले नेपालीहरुको नयाँ व्यवस्थापनमा मिस्टर पिकलले थप विकास गर्ने विश्वास ब्यक्त गरे । कार्यक्रममा मार्टिनेज चेम्वर अफ कमर्शका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत जुली जोन्सटन, चेम्वर अफ कमर्शका प्रतिनिधिहरु र स्थानीय अमेरिकी व्यावसायीहरु उपस्थित रहेका थिए ।

मिस्टर पिकलका संचालक अनिल पाण्डे विगत तीन दशकदेखि फूड विजनेसमा संलग्न रहेका छन् । विभिन्न अमेरिकी फ्रेन्चाइज व्यावसायमा लामो अनुभव संगालेका पाण्डेले अमेरिकी फ्रेन्चाइजमा संलग्न हुनु नेपालीका लागि खुशीको कुरा भएको र बे एरियाका अन्य स्थानमा पनि मिस्टर पिकलको विस्तार गर्ने कम्पनीको योजना रहेको बताएका छन् । पश्चिम अमेरिकामा लोकप्रिय बन्दै गएको मिस्टर पिकल स्याण्डबीचमा नेपालीहरु संलग्न भएको यो पहिलो हो ।