धरानले प्रकाशन गरेको कविता कृति ‘कचहरी’ माथि खोटामा विमर्श


रामधन राई, खोटाङ ।

धरान प्रज्ञा प्रतिष्ठान धरान उपमहानगरपालिकाले प्रकाशन गरेको कविता कृति ‘कचहरी’माथि खोटाङमा विमर्श गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा जन्मनुभएका युवा साहित्यकार धनचन्द्र राईले सिर्जना गर्नुभएको कविता कृतिमाथि दिक्तेलबजारमा विमर्श गरिएको हो ।

उभोखोले साहित्यिक समाज खोटाङले आयोजना गरेको विमर्श कार्यक्रममा टेम्केतुवाचुङ साहित्यिक प्रतिष्ठानका अध्यक्षसमेत रहनुभएका कवि भोगेन एक्लेले टिप्पणी गर्नुभएको छ । कविता सङ्ग्रहमा समावेश गरिएका शीर्ष कविता कचहरीदेखि कृतिभित्र रहेका २३ वटै कविताका उत्कृष्ट रहेको कबि एक्लेले बताउनुभयो ।

साहित्यकारहरुको गहकिलो तथा उत्कृष्ट कृतिको खोजी गरी साहित्य सिर्जनाको प्रोत्साहनको लागि कृति पाण्डुलिपी माग गरिएको धरान उपमहानगरपालिकाका प्रमसख तिलक राईले उल्लेख गरिएको छ । कृति आव्हानबाट धनचन्द्र राईको कृति छनौटमा परेकोले सोही कृति प्रकाशन गरिदिएको प्रमुख राईले स्पष्ट पानुभएको छ ।

प्राध्यापक डाक्टर गोपाल भण्डारीको प्रमुख सम्पादकत्व र गोपाल देवानको सम्पादनमा प्रकाशित कविता सङ्ग्रह ८४ पृष्ठमा समेटिएको छ ।
कविता सङ्ग्रहका सर्जक कवि धनचन्द्रले आफ्नो रचना प्रकाशनको अवसर प्रदान गरेको धरान प्रज्ञा प्रतिष्ठान प्रति धन्यवाद व्यक्त गर्दै कृतिमाथि समीक्षा गर्न अनुरोध गर्नुभयो । कार्यक्रममा वरिष्ठ पत्रकार कृष्ण आचार्य, कविहरु चित्रकुमार सुवेदी, सुशिला निनाम, अनिला राई, धनिराम राई, दीपेन्द्र दाहाल, प्रमोद श्रेष्ठ, भीम राई, द राजहरी किराँत लगायतले आफ्नो रचना सुनाउनुभएको थियो ।