नेपालमा ज्ञान भएका तर सीप नभएका डाक्टर बढे : गण्डकी प्रदेश सभामुख

0
Shares

न्युज अफ नेपाल, पोखरा ।

नेपालमा पछिल्लो समय चिकित्सा क्षेत्रमा निकै विवाद आउने गरेको पाइन्छ । कतै डाक्टरको लापरबाहीले बिरामीको मृत्यु भन्ने खबर त कतै मेडिकल माफियाको रजाइँ । यस्तै यस्तै कुराहरूले चिकित्सा क्षेत्रलाई बदनाम गरिरहेको समयमा चिकित्सा विज्ञहरूले भने नेपालमा सिप भएका डाक्टर भेटिन नसकेको बताएका छन् ।

गण्डकी प्रदेशमा गण्डकी विश्वविद्यालय सञ्चालनमा आएयता अहिले स्वास्थ्य चिकित्साको पनि पढाइ हुने तयारी भइरहेको छ । स्वास्थ्य चिकित्साको पढाइ हुने तयारी सहित अहिले गण्डकी विश्वविद्यालयले एमविविएसर विडिएसको पाठ्यक्रम समेत तयार गरिसकेको छ । जुन पाठ्यक्रम देशकै पहिलो रहेको र उत्कृष्ट रहेको विज्ञहरूले दाबी गरेका छन् ।

तर, देशमा अहिले सिप नभएको डाक्टरको संख्यामा वृद्धि हुनु निकै दुःखद् रहेको नेपाल मेडिकल काउन्सिलका रजिष्टार कृष्ण प्रसाद अधिकारीले बताउनुभयो । उहाँले एमवीवीएस गरेकै डाक्टरले सुईसम्म लगाउन नसक्ने रहेको बताउँदै चिकित्सा क्षेत्रमा निकै समस्या र चुनौती खडा हुँदै गएको धारणा राख्नुभयो ।

‘हाम्रो क्षेत्रमा अहिले ज्ञानी डाक्टर जति पनि भेटिन्छन् तर सिपालु डाक्टर भेटिँदैन यो आजको निकै चुनौतीको विषय हो’उहाँले भन्नुभयो,‘ढंग भएका डाक्टर नै छैनन् अहिलेको परीक्षा भनेको सोध्ने हो जसले खररर् भन्न सक्यो त्यसैले जागिर पाउने हो यहाँ प्रयोगात्मक हुँदैन ।’

अहिले नेपालमा विविएस गरेकाले नाकमा ट्युब हाल्न नजान्ने र विए पढ्नेले निवेदन लेख्न जान्दैनन् ।  उनले मेडिकल चिकित्सा आयोग बने पनि अनौठो बनेको बताउनुभयो । अब नेपालमा सिप सहितको डाक्टर हुने बताउनुभयो । यस्तो बनाउँदा ठुलो लडाईँ हुने अनुमान उहाँको छ ।

गण्डकी विश्वविद्यालयले चिकित्सा शिक्षाको पाठ्यक्रम निकालेको छ । विश्वविद्यालय सुरु गरेसँगै अब चिकित्सा शिक्षालाई समेत अघि बढाएको गण्डकीले पाठ्यक्रम तयार गरेको हो । गण्डकीले अब चाडै नै एमवीवीएस सञ्चालन गर्ने तयारी गरिरहेको छ ।
आम प्रदेशवासीलाई स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यका साथ आफ्नै मेडिकल रिसर्च सेन्टरको समेत स्थापना गर्ने तयारी गरिरहेको छ ।

सोमबार एक कार्यक्रमका बीच पाठ्यक्रम हस्तान्तरण भएको हो । १ वर्ष लगाएर तयार पारिएको पाठ्यक्रम देशकै उत्कृष्ट रहेको विज्ञहरूको भनाइ रहेको छ । कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले संविधानको आधारमा गण्डकी विश्वविद्यालय जन्मिएको बताउनुभयो । विश्वविद्यालय कसरी बनाउने भन्ने प्रश्नका बाबजुद संविधान र अहिलेको सिस्टमसँग धेरै कुरा नमिलेको र मिलाउन नचाहनेहरू पनि लागि परेको सुनाउनुभयो ।

‘हिजो जुन ढंगको प्राध्यापकहरू थिए, जसलाई सबैले सम्मान दिन्थे त्यो आज अपमानमा किन परिणत भयो रु ‘यो हाम्रो संवैधानिक अधिकार हो । यो संविधान च्यातिन प-यो कि त यो लागु हुन प-यो’ उहाँले भन्नुभयो,‘ यो लागु हुने कसरी रूपान्तरण गर्न सकिन्छ भन्दा यसमा शिक्षा, स्वास्थ्य र रोजगार जोडिएको छ । प्रशासनिक, कानूनी रूपमा भिन्नता हुनुपर्छ राजनीतिक दल र नेतृत्वको हाबी हुनुहुँदैन ।’

गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङले संविधानले दिएको अवसरको स्वतन्त्र रूपले प्रयोग गर्न पाउने अधिकार दिएको र त्यसलाई सदुपयोग गर्ने हाम्रो जिम्मा रहेको सुनाउनुभयो ।