आज फागुन २३ गते सोमबार, यस्तो छ राशिफल

0
Shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने र धार्मिक यात्राको योग पनि छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज पढाइमा बाधा आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ, तर जग्गाजमिनको कारोबार र सेयरबजारबाट राम्रो प्रतिफल मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । जोशजाँगर र हिम्मत बढ्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग पनि मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राज्यबाट मान सम्मान पाइनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्छ, तर अधुरो वैदेशिक क्षेत्रको कार्यहरू भने अघि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । प्रेमीको सहयोग पाइनेछ । आत्मिक सन्तुष्टि पनि मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । सफल यात्रा पनि हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । परिवारमा सुख सन्तोष छाउनेछ । स्वादिष्ट भोजन पनि पाइनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज शुभ कार्यको चर्चा चल्नेछ । आफन्तबाट साथ र सहयोग पाइनेछ । भ्रमणको योजनाहरू बन्नेछन् , तर स्वास्थ्य प्रति सजग रहनु पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । शुभ समाचार पनि सुन्न पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

हाम्रो पात्रोबाट