प्रहरी जवानद्वारा आफैंलाई गोली हानी आत्महत्या प्रयास


न्युज अफ नेपाल,काठामाडौं ।

कैलालीमा एक जना प्रहरी जवानले आफैलाई गोली हानेर आत्महत्याको प्रयास गरेका छन् ।

प्रहरी चौकी कालाकुण्डामा कार्यरत प्रहरी जवान झंकर बोहराले ड्युटीमा रहेका बेला गएराति आफैंमाथि गोली हानेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्व अधिकारीले बताए ।

चिउडोमा गोली लागेर घाइते भएका बोहराको नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंमा उपचार भईरहेको एसपीले अधिकारीले जानकारी दिए । उनी अहिले खतरामुक्त रहेको समेत उनले बताए ।