स्वं लता मंगेशकरको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न


न्युज अफ नेपाल काठमाडौं ।

भारतको डी.ए.भी शुशील केडिया विश्व विद्यालयमा नेपाली साङ्गीतिक क्षेत्रमा लब्ध प्रतिष्ठित, व्यक्तित्व, अभिभावक र विद्यार्थीहरूको उपस्थितिबिच स्व लता मंगेशकरको सम्झनामा श्रद्धाञ्जली  कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा लता मंगेशकरको वृत्तचित्र प्रर्दशन गरिएको थियो । नेपाली साङ्गीतिक क्षेत्रकी सदाबहार गायिका मनिला सोताङ्गले प्रमुख अतिथि उपस्थित रहेकी थिइन। त्यस्तै विशिष्ट अतिथि बबिता मानन्धर रहेकी थिइन् । दुवै गायिकाले उक्त कार्यक्रममा लता मंगेशकरप्रति समर्पित रही साङ्गितिक प्रस्तुति दिएका थिए ।

सोही अवसरमा विद्यालयका अध्यक्ष श्री अनिल केडियाले लता मङ्गेश्कर भारतमा मात्र नभएर विश्वमै एक उत्कृष्ट गायिकाको रूपमा स्थापित रहेको उल्लेख गरे  । उनले लताप्रति समर्पित रही साङ्गितिक प्रस्तुति  दिए  । त्यस्तै विद्यालयकी प्राचार्य डा. भुवनेश्वरी रावले लता मंगेशकर स्वरको माध्यमबाट विश्व समुदायलाई प्रेम र विश्वासमा आबद्ध गर्न सफल भएको बताए । उनले  लता मंगेशकरलाई एक साङ्गितिक विश्वविद्यालयको रूपमा समेत चर्चा गरे  ।

सोहि अवसरमा प्राथमिक विद्यालय तहका विद्यार्थीहरुले ब्यालेट नृत्य, निम्न माध्यामिक विद्यालयक तहका विद्यार्थीहरुले नेपाली, हिन्दी फ्युजन नृत्य र माध्यामिक तहका विद्यार्थीहरुले थेमेटिक नृत्य प्रर्दशन गरे । त्यसैगरि संगीत  विभागका प्रमुख जय श्रीवास्तव र अङग्रेजी शिक्षिका शशिल्ता राइले लता मंगेशकरद्वारा गाइएको युगल गित प्रस्तु गरे ।

डी.ए.भी विद्यालयकै कक्षा  ९ की एरिका चौधरी र कक्षा ११ का सुमित श्रीवास्तवले गायिका स्व लता मंगेशकर र गायक श्री रामकृष्ण ढकालद्वारा गाइएको गित बाचुन्जेलीलाई  प्रस्तुत गरेका थिए  ।कार्यक्रमलाई भव्य एवं सभ्य बनाउन प्रथम महिला सुनिता केडियालगायत सम्पूर्ण विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको  उपस्थिति  थियो। सोही अवसरमा नेपाल भारत मैत्रि समाज सम्बद्ध बिशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो । विद्यालयले स्व गायिका लत मंगेशकरको सम्झनामा हरेक वर्ष सांगीतिक कार्यक्रम गर्ने निर्णय समेत गरेको छ ।