माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित


न्युज अफ नेपाल, काठमाडौं ।

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । आज बस्ने भनिएको बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

केन्द्रीय समितिलाई पूर्णता दिने गृहकार्य भइरहेकाले बैठक स्थगित भएको प्रचण्डको सचिवालयले जनाएको छ । माओवादी केन्द्रको विधान अनुसार केन्द्रीय कमिटी २९९ सदस्यीय छ । तर ६३ केन्द्रीय सदस्य मनोनित गर्न बाँकी छ । १५ सदस्यीय पदाधिकारीमध्ये अध्यक्षबाहेक अन्य पदहरु पनि रिक्त छन् ।