निर्वाचन कार्यालयले ग-यो अन्तरक्रिया

0
Shares

मुगु ।

जिल्ला निर्वाचन कार्यालय मुगुले जिल्लाका सरोकारबाला पक्षहरुसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्ला निर्वाचन कार्यालयले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने उद्देश्यले सरोकारवालाहरुसँग छलफल गरेको हो ।

मतदाता नामावली अद्यावधिक गरी कार्यान्वयन गर्न अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आयोगले फागुन २० देखि २३ गतेसम्म मतदाता नामावलीमा त्रुटि भएमा सच्याउन निवेदन दिने, मतदाता नामावलीमा दाबीविरोध, मतदाता नामावलीको रेकर्डमा मृत्यु भएमा र बसाइँसराइँको लिखित सूचना दिएमा अद्यावधिक गर्ने समय रहेको कार्यालय प्रमुख विष्णुप्रसाद न्यौपालेले बताउनुभयो ।

जिल्लास्थित सरोकारवाला पक्षहरु, सरकारी कार्यालय, राजनीतिक दल, सोरू गाउँपालिका, खत्याड गाउँपालिका, मुगम कार्मारोङ गाउँपालिका, छायाँनाथ रारा नगरपालिका र नागरिक समाजलगायत स्थानीय तहका वडाध्यक्षहरुको उपस्थितिमा रायसुझाब लिने उद्देश्यले अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सहभागी मणिचन्द्र कार्कीले ग्रामीण क्षेत्रमा मतदाता नामावली अद्यावधिक विषयमा जानकारी गराउनुपर्ने बताउनुभएको थियो ।
जिल्ला निर्वाचन कार्यालयमा ३६ हजार ४९ जना मतदाता नामावलीमा दर्ता भएका छन् । जिल्ला प्रशासन कार्यालयका प्रमुख अधिकारी रोमबहादुर महतको अध्यक्षतामा मतदाता नामावली अद्यावधिक अन्तरक्रिया कार्यक्रम भएको थियोे ।