कार्यव्यवस्था परामर्श समिति बैठकः प्रधानन्यायाधीशकाे महाअभियोगबारे छलफल हुँदै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठकमा ल्याउने कार्यसूचीबारे छलफलका लागि बैठक बोलाएका हुन् ।

आजको कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध ल्याएको महाअभियोग प्रस्तावलाई छलफलमा ल्याउने कि नल्याउने भन्ने विषयमा समिति गठन गर्नेबारे दलका नेताहरूबीच छलफल हुने स्रोतले बतायो । समितिले महाअभियोग प्रस्तावमाथि छलफल गर्न आवश्यक छ भन्ने ठानेमा मात्र कार्यसूची तय हुनेछ ।