पुलिस टिमको पुनर्मूल्यांकन गर्नु पर्ने



काठमाडौं ।

महेन्द्र पुलिस क्लब नाम शायद नयाँ पुस्ताका फुटबल प्रेमीको लागि नौलो लाग्न सक्छ । उनीहरुले नेपाल पुलिस क्लब भने पछि मात्रै थाहा हुन्छ । महेन्द्र पुलिस क्लबको नामबाट धेरै उपाधि जितेको थियो । विगतमा हुने त्रिभुवन च्यालेन्ज शील्ड, रारा कप, महेन्द्र गोल्ड कप, शुभ जन्मोत्सव कप जस्ता प्रमुख प्रतियोगितामा उपाधि जितिसकेको टिम हो पुलिस ।

साथै पुलिस ए डिभिजन लिगमा ह्याट्रिक उपाधि जितेको टिम पनि हो । यसको कुनै प्रतिद्वन्द्वी भेटिंदैन पनि । तर, केही समय यता यो टिमको प्रदर्शनमा निकै गिरावट आउन थालेको छ । हालै सम्पन्न ए डिभिजन लिगमा समेत पुलिसको टिम ११ औं स्थानमा रह्यो ।

यो पुलिसको ए डिभिजन लिगमा सबैभन्दा खराब सिजन समेत बन्यो र पहिलो पटक शीर्ष १० बाट बाहिरिएको छ । तीन विभागिय टिममध्ये राम्रो मानिने पुलिसले अहिले साख गुमाएको अवस्था छ ।

राम्रै खेलेको थियो : पुलिसका प्रमुख प्रशिक्षक अनन्त थापा
लिगमा राम्रै खेलेको थियो । कति अवसर आएको पनि थियो, तर खेर फाल्नु पनि घाटा भयो । हाम्रोमा विदेशी खेलाडी नहुनु पनि लिगमा नतिजा हाम्रो पक्षमा रहेन । टिममा राम्रा र नयाँ खेलाडीको मिश्रण रहेका छन् । अहिले हामी टिमको पुनरसंरचना गरेर भविष्यमा एउटा राम्रो टिम बनाउन तयारीमा छौ, हामी पुरानै लयमा फर्कनेछौ पनि ।

प्रतिक्रिया दिनुहोस्