निजामती कर्मचारी युनियनको उम्मेदवारी घोषणा

0
Shares

काठमाडौं, (नेस) ।

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल निजामती कर्मचारी युनियनको फागुन २१ देखि २३ सम्म हुने ८औं महाधिवेशनको लागि प्यानलसहित उम्मेदवारी घोषणा भएको छ ।

शुक्रबार काठमाडौंको एक कार्यक्रममा सुरेन्द्रप्रसाद अधिकारीको अध्यक्षमा निर्वाचनमा जाने गरी उम्मेदवारी घोषणा भएको हो । उक्त समितिको वरिष्ठ उपाध्यक्षमा सुवासकुमार कोइराला, खुला उपाध्यक्षमा एकनारायण शर्मा काफ्ले, प्रदेश नम्बर १ को उपाध्यक्षमा तोयनाथ तिमिल्सिना, मधेस प्रदेश उपाध्यक्षमा राजकिशोर राउत, बाग्मती प्रदेश उपाध्यक्षमा श्रीराम लम्सालको उम्मेदवारी घोषणा गरिएको छ ।

त्यस्तै गण्डकी प्रदेश उपाध्यक्षमा कृष्णप्रसाद अर्याल, लुम्बिनी प्रदेश उपाध्यक्षमा नारायण लम्साल, कर्णाली प्रदेश उपाध्यक्षमा नृपजंग शाही, सुदूरपश्चिम प्रदेश उपाध्यक्षमा धर्मबहादुर देउवा, संघीय उपाध्यक्षमा सुरेन्द्रप्रसाद अधिकारी, महिला उपाध्यक्षमा निर्मला शर्मा, मधेस प्रदेश उपाध्यक्षमा अशोककुमार रौनियर, श्रेणीविहीन उपाध्यक्षमा शंकर पुरी, आदिवासी जनजाति उपाध्यक्षमा पुरन गुरुङको उम्मेदवारी रहने जनाइएको छ ।

उम्मेदवारी घोषणा कार्यक्रममा जनकबहादुर रावत महासचिव र उपमहासचिवमा देवराज सापकोटा र सूर्यप्रसाद चापागाईंको उम्मेदवारी घोषणा गरिएको छ भने खुला ४ सचिवमध्ये दिवाकर शर्मा, प्रकाश भट्टराई, युवराज न्यौपाने, धीरेन्द्रराज सुवेदीको उम्मेदवारी घोषणा गरिएको छ ।

त्यस्तै, युवा सचिवमा तेजेन्द्र कँडेल, आदिवासी जनजाति सचिवमा शान्तराज राई र कोषाध्यक्षमा प्रयास घिमिरेको उम्मेदवारी घोषणा गरिएको छ भने मधेस सचिव खाली राखिएको छ । घोषणा सभालाई सम्बोधन गर्दै नेपाल सरकारका उपसचिव राजेन्द्र बुढाथोकीले यो टिमलाई दिल खोलेर जिताउन सबैलाइ आग्रह गर्नुभएको छ ।