आन्तरिक हवाई उडानको भाडा बढ्यो : कहाँको कति ? (सूचीसहित)

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आन्तरिक हवाई उडानको भाडा बढेको छ। नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि आन्तरिक हवाई उडानको भाडा बढाइएको हो ।

आइतबारदेखि लागु हुनेगरी इन्धन शुल्क बढेको र भाडामा पनि वृद्धि भएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए । सबैभन्दा धेरै विराटनगर-नेपालगञ्ज रुटको भाडा ५४० रुपैयाँले बढेको छ । यस्तै काठमाडौ-भैरहवाको भाडा २०५ रुपैयाँ बढेको छ । यस्तै काठमाडौ-भद्रपुरको तीन सय, काठमाडौ-सुर्खेतको ३४५ र काठमाडौ-नेपालगञ्जको ३३० रुपैयाँ भाडा बढेको छ ।

नेपाल आयल निगमले ११२ रुपैयाँ ९२ पैसामा खरिद गरेको आन्तरिक हवाई इन्धनमा २३ रुपैयाँ ८ पैसा नाफा राखेर एअरलाइन्सहरुलाई बेच्दै आएको छ । एअरलाइन्स कम्पनीहरुले निगमले कम नाफा राखेर इन्धन उपलब्ध गराउन माग गर्दै आएका छन् ।