२४ घण्टामा कोरोना संक्रमितको संख्या सयभन्दा कम, ३६२ जना संक्रमणमुक्त

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २२० परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु शून्यमा झरेको छ । यसअघि शुक्रबार एक जनाको र बिहीबार ३ जनाको मृत्यु भएको थियो ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३६२ रहेको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ६९४७ रहेको छ ।