औषधि तथा औषधिजन्य उपकरणको चितवनमा बृहत् प्रदर्शनी हुने


न्युज अफ नेपाल, काठमाडौं ।

 औषधि तथा औषधिजन्य उपकरणको बृहत् प्रदर्शनी ‘नेपाल फर्मा एक्स्पो – २०२२’ आगामी वैशाख ९ गते ३ दिन सम्म चितवनमा हुने भएको छ ।

नेपाल औषधि उत्पादक संघ (एपोन)ले प्रत्ये दुई दुई वर्षमा गर्दै यो ८ औँ एक्स्पो हो ।शुक्रवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा एपोनका अध्यक्ष प्रज्वलजंग पाण्डेले कोभिड –१९ का कारण यस पटकको ढिला गरी हुन लागेको बताउनुभयो ।दुई महिना अघिको लागि तय गरिएको भए पनि कोभिड १९ को महामारीले कार्यक्रम पछि सारिएको पाण्डेले बताउनुभयो ।

उहाँले नेपालमा भइरहेको औषधि उत्पादन विश्वको मापन अनुरूप गुणस्तरीय भएको र औषधि उत्पादनमा विश्व सामु भारतको औषधि सस्तो भनिँदै आएको नेपालको त्यो भन्दा २० प्रतिशत कममा उत्पादन गरिएको दाबी गर्नुभयो । उहाँले विश्वमा गुणस्तरीय सबैभन्दा कम पैसामा औषधि उत्पादन गर्ने मुलुकका रूपमा नेपाल रहेको छ भन्नुभयो ।
नेपालको औषधि उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरसम्म प्याउन अझ प्रविधिमैत्री र दक्षता प्रदान गर्ने, औषधि प्राविधिक र फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रिय स्तरको नवीनतम प्राविधिक ज्ञान दिने एक्स्पोको उद्देश्य रहेको बताउनुभयो ।

एक्सपोको मूल उद्देश्य नेपालका औषधि उत्पादक कम्पनीहरू उच्च गुणस्तरीय औषधि उत्पादनमा दक्ष जनशक्ति, प्रविधि युक्त र नेपाली जनताका लागि आवश्यक औषधि उत्पादन र वितरणका लागि सक्षम छन् भन्ने बारेमा जनमानसलाई जानकारी गराउनु नै हो उहाँले भन्नुभयो । पत्रकार सम्मेलन एपोनका उपाध्यक्ष तथा ‘मिडिया कोअर्डिनेटर’ सन्तोष बरालले एक्स्पोमा राष्ट्रिय तथा बहुराष्ट्रिय गरी १ सय ६० स्टल राख्ने योजना छ भन्नुभयो । उहाँले ‘औषधिको क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १ सय २० वटा बहुराष्ट्रिय कम्पनी, र ४० वटा नेपाली औषधि उद्योगहरूले समेत एक्स्पोमा भाग लिनेछन्,’ उहाँले भन्नुभयो ।

एक्सोपमा १५ हजार बढीले अवलोकन गर्ने अनुमान अनुमान गरिएको जानकारी गराइयो । कार्यक्रममा एपोनका निवर्तमान अध्यक्ष एवं नेपाल फर्मा एक्स्पो २०२२ का संयोजक जी नारायणबहादुर क्षेत्रीले ६० अर्व बढी लगानी भएको नेपाली औषधि उद्योगलाई प्रवर्धन तथा नयाँ नयाँ टेक्नोलोजीबारे ज्ञान तथा सिप आदान प्रदानका लागि एक्स्पो आयोजना गरिएको बताउनुभयो ।

उहाँले एक्सोमा प्लाटिनम स्पोन्सरमा इलमेक प्याकेजिङ प्रालि, डाइमण्ड स्पोन्सरमा सनसाई फर्मा रहेको जानकारी दिनुभयो ।  यस्तै गोल्ड स्पोन्सरमा एनपीएम मेसिनरी, एपभिएएस प्याकेजिङ, एचभी एक्स मेसिनरी र एम्बिएन्ट टेक्नोलोजी रहेको जानकारी गराउँनुभयो ।सम्मेलनमा एपोनका वरिष्ठ उपाध्यक्ष महेश प्रधान र कोषाध्यक्ष प्रभात रुङ्गाटाले पनि एक्स्पोका विविध पक्षका बारेमा जानकारी दिनुभएको थियो ।

नेपाल औषधी उत्पादक संघ द्वारा आयोजना हुने यो एक्सपा काठमाडौं बाहिर दोश्रोपटक चितवनमा हुन लागेको हो । एक्स्पोमा नेपाल फर्मा एक्स्पोको आवद्ध संस्थाहरूमा नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय,औषधी व्यवस्था विभाग,नेपाल फार्मेसी काउन्सिल,नेपाल औषधी व्यावसायिक संघ, नेपाल औषधी थोक ब्यबसायी संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल फर्मास्युटिकल एसोसिएसन र नेपाल फार्मेसी संघ रहेको जानकारी गराइयो ।