राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले आज शपथ लिँदै

0
Shares

न्युज अफ नेपाल, काठमाडौं । 

राष्ट्रिय सभामा निर्वाचित १९ सदस्यहरुको शपथ ग्रहण हुँदै छ। गत माघ १२ गते भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमार्फत आएका १९ सदस्यले आज शपथ लिने तय भएको हो ।

शनिबार बिहान ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा शपथ ग्रहण कार्यक्रम राखिएको छ।

राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५, नेकपा एमाले, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबाट एकरएक जना सदस्य निर्वाचित भएका थिए। सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना सदस्य मनोनित हुन बाँकी छ।