आगलागी पिडितलाई रसुवा कांग्रेसको आर्थिक सहयोग


न्युज अफ नेपाल, रसुवा ।

नेपाली कांग्रेस रसुवाले आगलागी पिडित परिवारलाई आर्थिक सहयोग गरेको छ । गत फागुन ३ गते बिद्युत सर्ट भई आगलागीबाट घरबार बिहिन भएका जिल्लाको गोसाईकुण्ड गाउँपालिका ६ नागुङका पेमा छोवाङ तितुङको परिवारलाई आर्थिक सहयोग गरेको हो ।

बुधबार नेपाली कांग्रेस रसुवाका सभापति पेम्बा छिरिङ तामाङ र धुन्चे ईकाई सभापति लामा रेन्जेन घलेले पिडितलाई भेटी एक लाख २० हजार २ सय रुपैया नगद सहित लत्ताकपडा प्रदान गरेका छन् ।

घरबार बिहिन भएका पिडित परिवारको पिडामा मलम लगाउन थोरै भएपनि राहात स्वरुप नगद सहित लत्ताकपडा सहयोग गरिएको नेपाली कांग्रेस रसुवाका सभापती पेम्बा छिरिङ तामाङले बताए । ‘पीडितको पिडामा थोरै भएपनि मलम लगाउन नेपाली कांग्रेस जिल्ला कमिटिबाट १ लाख १ सय र कांग्रेस धुन्चे ईकाई कमिटिबाट २० हजार एक सय र लत्ताकपडा उपलब्ध गराएका छौँ, उनले भने।

गत फागुन ३ गते बिहान तिन बजे बिद्युत सर्ट हुदाँ पिडित तितुङको ढुंगा, काठ र जस्ताले बनेको दुई कोठे घर जलेर नष्ट भएको थियो । घरमा भएको नगद ५ लाख सहित सुन, खाद्यान्न, भाडाकुँडा, लत्ताकपडा लगायतका सामाग्री जलेर नष्ट भएको थियो । घर जलेर नष्ट भएपछि ६ जनाको तितुङ परिवार टेन्टमा रहेका छन् ।