आवासीय तथा गैर-आवासीय सैनिक सहचारीहरूद्वारा जंगी अड्डा भ्रमण 

0
Shares

 न्युज अफ नेपाल, काठमाडौं । 

आवासीय तथा गैर-आवासीय सैनिक सहचारीहरूले जंगी अड्डा भ्रमण गरेका छन् । नेपाली सेना दिवसको अवसरमा मंगलबार उनीहरूले  जंगी अड्डाको भ्रमण गरेका हुन् ।

उक्त भ्रमण दलमा चीन, भारत, पाकिस्तान, बेलायत र संयुक्त राज्य अमेरिका गरी पाँच देशका आवासीय सैनिक सहचारी सहित बंगलादेश, क्यानडा, रसिया, फ्रान्स, जर्मनी, इन्डोनेसिया, ईटाली, इजरायल, मेक्सिको, नाइजेरिया, म्यानमार, फिलिपिन्स, पोल्याण्ड, कोरिया, टर्की, सेनेगल, सुडान, युक्रेन, जाम्बिया, रोमानिया र स्वीजरल्याण्ड गरी २१ देशका गैर आवासीय सैनिक सहचारीहरू सहभागी भएका  नेपाली सेनाले जनाएको छ ।

सोमबारदेखि नेपाल भ्रमणमा रहेको उक्त टोलीले मंगलबार महाशिवरात्रि तथा सेना दिवसको अवसरमा सैनिक मञ्च, टुँडिखेलमा आयोजना गरेको विशेष समारोहमा सहभागिता समेत जनाएको थियो । यस्तै उक्त टोलीले बिहीबार माउन्टेन फ्लाइट गर्नुका साथै लुम्बिनी र पोखरामा अवलोकन भ्रमण गर्नेछ ।