शाखा स्थापनाको तेस्रो वर्षमा खाद्यान्न वितरण


नवलपरासी, घनश्याम बगाले ।

नवलपरासी नेपाल पत्रकार महासंघ नवलपरासी पूर्वले शाखा स्थापनाको तेस्रो वर्षमा अपाङग बालबालिकालाई खाद्यान्न वितरण गरेको छ ।

महासंघले सदरमुकाम कावासोती स्थित श्री मौलाकालिका अपाङग सेवा संस्थामा पुगेर बुधवार चामल,आँटा, दाल, आलु लगाएका खाद्य सामाग्री वितरण गरेको हो । महासंघ गण्डकी प्रदेश सदस्य रमेश बस्ताकोटीले सो संस्थाकी प्रतिनिधि बृन्दा गिरीलाई ती खाद्य सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।

खाद्यान्न हस्तान्तरण कार्यक्रममा महासंघ जिल्ला शाखा अध्यक्ष,पदाधिकारी लगायत स्थानीय तथा राष्ट्रिय गरी विभिन्न सञ्चार गृहमा कार्यरत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । मुलुक सङ्घीय संरचनामा गएसँगै जिल्ला विभाजित हुँदा नेपाल पत्रकार महासंघ नवलपरासी पूर्व र पश्चिम दुई शाखामा विभाजित भएको हो ।