नौ वर्षदेखि बेपत्ता छोरा खोज्दै देबकी



धादिङ । 

छोराको खोजीमा भौँतारिनु भएकी ६५ वर्षीय देबकी थापा धादिङ बेसी स्थित जिल्ला प्रशासन कार्यालय अगाडि भेटिनुभयो । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ निवासी विष्णु थापा २०६५ सालमा कतार जानुभयो । धारो पानी प्लम्बरको काम गर्नुभएका विष्णुले ऋण गरेर विदेश गएको पैसा तिर्ने रकम नेपाल पठाउनुभयो ।

विष्णुले खासै पैसा कमाउन नसकेपछि २ वर्ष पछि नेपाल फर्किए । २र४ महिना नेपाल बसेपछि उनी फेरि   दुबई गए । रक्सी खाने स्वभावका कारण २ महिनामा कम्पनीले नेपाल फर्काएको थियो । नेपाल फर्केपछि घरमा बस्दै गर्दा ऋणका कारण विक्षिप्त भए ।विदेश जाँदा ऋण लागेको थियो । विष्णुलाई २ छोरा र श्रीमती पाल्नु पर्ने थियो । यहाँ बसेर पैसा कमाउन सकेनन् । घरमा समस्यै समस्या आएपछि उनी घर छाडेर हिँडे । अहिले घर छाडेर सम्पर्क विहीन भएको ९ वर्ष भयो ।

जब विष्णु घरबाट हिँडे उनको श्रीमती वृद्ध सासू आमा छाडेर काठमाडौँ जानुभयो । बुहारी २ बच्चा पढाउने र आफू काम गर्न भनेर काठमाडौँ जानुभएपछि देबकी थापा छोरोको खोजीमा निस्कनु भयो । विदेश जाँदाको ऋण जग्गा बेचेर तिर्नु भएका देबकी छोरोको खोजीमा चितवन, तनहुँ, पोखरा, बागलुङसम्म पुग्नुभयो ।  ५ वर्षअघि एकदिन कुरिनटारमा विष्णुलाई भेटेको भनेर खबर आयो ।

देबकी कुरिनटार पुग्नु पनि भयो । टाढा दुब्लो ख्याउटे छोरो जस्तै केटो देखियो । देबकी छोरोनिर पुग्दा कता हरायो हरायो,  अर्थात् उनी भागे ।  बालबच्चा छाडेर हिँडेका विष्णु आमा वृद्ध भइसक्दा पनि घर फर्केका छैनन् । एक पटक घर फर्केर आउन र परिवारलाई भेट्न विष्णुका आमा देवकीले आँखाभरि आँसु पारेर भन्नुभयो । प्रहरी कार्यालय, संघसंस्था, सुरक्षित आप्रवासन केन्द्र, लगायतका स्थानहरूमा खोजिका लागि निवेदन समेत दिनुभएको छ । दाजु बहिनीले पनि पनि एक पटक घर आएर आफ्नो समस्या राखिदिए हुन्थ्यो भनेर याचना गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्