रेखा थापासहित राप्रपामा १४ महिला केन्द्रीय सदस्यमा मनोनीत

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय सदस्यमा रेखा थापासहित १४ जना मनोनीत भएका छन् । मनोनीतमा परेकी थापा राप्रपा निर्वाचनमा महामन्त्री पदमा पराजीत भएकी थिइन्।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले १४ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।

‘अध्यक्ष लिङ्देनले पार्टी विधान बमोजिम १४ जनालाई केन्द्रीय कार्यसमिति सदस्य पदमा मनोनयन गर्नुभएको छ,’ प्रवक्ता श्रेष्ठले  भने ।

मनोनीत हुनेहरूमा रेखा थापासहित लिलादेवी श्रेष्ठ, विन्दु पौडेल,  प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, समृद्धि राणा, मीना न्यौपाने, शान्ति माया गुरुङ, जयाकुमारी महतो र सावित्रा थापा छन् ।