एमसीसीमा असन्तुष्ट नारायणकाजी भेट्न प्रचण्ड हात्तीवनमा

0
Shares

काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठ भेट्न हात्तीवन पुगेका छन् ।

प्रचण्ड मंगलबार श्रेष्ठ निवास गएको उनको सचिवालयले जनाएको छ । एमसीसी राष्ट्रघाती भन्दै पार्टी निर्णयविरुद्ध सार्वजनिक फोरम र सामाजिक सञ्जालबाट प्रतिक्रिया दिएपछि प्रचण्डले सोमबार नारायणकाजीको कडा आलोचना गरेका थिए ।

तर यो कुरालाई नारायणकाजीले सिरियस्ली लिएर पार्टी छोड्ने तयारी गरेपछि फकाउन प्रचण्ड उनको निवास पुगेको स्रोतले बतायो । व्याख्यात्मक घोषणालाई षडयन्त्र भन्दै एमसीसी अनुमोदन भएको दिनलाई कालो दिन भनेर आलोचना गरेका नारायणकाजीले प्रचण्डको जवाफपछि विषम परिस्थिति आयो भन्दै एमसीसी विरोधी कित्तामा रहेका नेताहरुसँग अनौपचारिक छलफल थालेका थिए ।

यसको जानकारी पाएपछि प्रचण्ड नारायणकाजीको निवास पुगेका हुन् ।